ताजा समाचार

चिनियाँ स्याउ रसुवाबाट भित्रिँदै

रसुवागढी, १३ मंसिर । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ ।

फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिनुभयो ।सामान लिनका लागि आज थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org