चुनावका बेला बिहे गर्दा दुलादुलहीलाई आईपर्यो यस्तो आपत्
काठमाडौं, २१ मंसिर । चुनावको बेला सडकमा गाडी नचल्दा सबैले सास्ति त पाएकै छन् । मतदान गर्न हिडेर जान नसक्नेहरु भोट हालनबाट बञ्चित भएका छन् । भने कसैले अर्काको सहारामा भोट हालेका छन् । सुरक्षालाई मध्यनजर गर्दै नेपालमा निर्वाचनको दिन सवारी साधन बन्द गराउने परिपार्टी रहेको छ ।
जसले गर्दा सबैले सास्ति खेप्नुपरेको छ । अत्यावश्यक सवारी बाहेक अन्य सवारी लगाउन रोक छ । सवारी साधन नचल्दा बिहेनै प्रभावित भएको छ । काठमाडौंको गुहेश्वरी मन्दिरमा विधिपूर्व बिहे गरेका ओखलढुङगाका २० वर्षीय निकबहादुर मगरले आफ्नो रहर भने पुरा गर्न पाएनन् । उनले आफ्नो बिहेमा जन्तीसहित गाडी लिएर बेहुली भित्र्याउने पहिलेदेखिकै रहर थियो। तर, चुनावले उनको योजना पुरा हुन सकेन् । अन्ततः आफै पनि हिडेरै गए ।
तामझामका साथ बिहे गर्ने सोचेका निकबहादुरले अन्ततः सामान्य तरिकाले दुलही आशा मगरलाई घर भित्र्याए । बिहे पछि उनले भने, ‘जन्ती र गाडीसहित दुलही भित्र्याउने सपना पूरा भएन।’ आर्थिक अभावले होइन। कारण थियो बिहिवार ४५ जिल्लामा भएको निर्वाचन।
‘सरकारले गाडी चल्न पाइँदैन भनेको थियो। त्यसैले बिवाहमा गाडी नल्याएको हो। नत्र मलाई पनि रहर थियो’ उनले भने। उनीहरुलाई विवाह जस्तो नौलो थियो, निर्वाचन पनि उस्तै। दुवैको भोटर लिष्टमा नाम पनि थियो। भोट हाल्ने रहर पनि नभएको होइन। ओखलढुङ्गामा नाम भएको र आजै विवाह भएकाले भोट हाल्न नपाएका दुवै जना दुखी थिए। मगर भन्छन्, ‘विवाहले गर्दा भोट हाल्ने अवसर गुमाए।’
Comments
अरु समाचार
-
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...