ताजा समाचार

सानो स्तन, ठूलो चिन्ताः युवतीहरु सानो स्तन भएकै कारण बिहे गर्न मान्दैनन्

काठमाडौं, २८ मंसिर । सरकारी जागिरे, रीतिथिति मिल्ने केटासँग विवाहको कुरा चल्दा पनि सुभेच्छा अर्यालले लगनगाँठो कस्न हिचकिचाइन । केटामा कुनै खोट थिएन तर, पनि उनले विवाह गर्ने आँट गरिनन् । शुभेच्छालाई आफूमा कमजोरी भएको महसुस भइरहेको थियो । उनका स्तन साना थिए ।

बिहेपछि उनले कमजोरी ठानेको विषयले दाम्पत्य जीवनमा खटपट आउँछ कि भन्ने डर थियो । उनी यही कमजोरी हटाउन सकिन्छ कि भनेर अस्पताल धाइरहेकी छिन् । वरिष्ठ हर्मोन विशेषज्ञ डा. ज्योती भट्टराईका अनुसार शुभच्छाले सानो वक्षस्थलकै कारण श्रीमानले नराम्रो व्यवहार गर्ने हो कि भन्ने भय उनमा छ । उनले डाक्टर भट्टराईलाई भनेकी थिइन, साथीहरुले केटाको जस्तो छाती भनेर मलाई गिज्याँछन् ।

सानो स्तनका कारण भोली श्रीमानले नराम्रो व्यवहार गर्ने पो हो कि भन्ने उनमा डर छ । त्यही भएर बिहे गर्ने आँट गरिनँ । किशोरीहरुमा स्तनको साइजका थुप्रै भ्रम रहेको पाइन्छ । जसले गर्दा उनीहरुमा चिन्ता तथा डिप्रेसनको समस्या देखिएको छ । स्तनको साइज तथा लिंगको आकारले सेक्स लाइफमा खासै फरक पार्दैन मनोचिकित्सक डा. रवि शाक्य भन्छन् ।

साना स्तन भएकी युवतीसँग सेक्स गर्दा कम मज्जा आउने र ठूला स्तन भएका महिलासँग सेक्स गर्दा बढी मज्जा आउने भन्ने पनि होइन । सेक्स ९५ प्रतिशत भावनात्मक कुरा हो भन्न बुझ्न नसक्दा धेरै जना साइजको पछि लागेर डिप्रेसनको सिकार भएका छन् । सम्पूर्ण साप्ताहिकबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org