प्रभु लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, ४० करोडको शेयर जारि गर्ने
काठमाडौं, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ४० करोडको शेयर जारी गर्ने भएको छ । केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने प्रभु लाइफ इन्स्योरेन्सले जनाएको छ । बिहीबार कम्पनीको औपचारिक रुपमा कारोबार शुरु गर्दै कम्पनीले आफ्नो चुक्ता पुँजी पुर्याउन उक्त शेयर जारी गर्ने बताएको हो ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सञ्चालनमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।
कारोबारको औचारिक रुपमा शुरु गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाइले बीमा क्षेत्रको बजार नेपालमा धेरै भएकाले सबै बीमा कम्पनीले बजार विस्तारमा डटेर लाग्न सुझाव दिए । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले जीवन बीमा बजारमा केही नयाँ गर्न आएको बताए । जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित प्रभु सञ्चालनमा आएको समेत जानकारी गराए ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई अब गाउँ–गाउँसम्म फैलाउने र बजारमा नयाँ आयाम थप्ने दाबी गरे । त्यस्तैगरि सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा. रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने दावी गरे ।
के छन् योजना ?
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले अमूल्य जीवन बीमा र समृद्ध जीवन बीमा योजना ल्याएको छ । कम्पनीका अनुसार अमूल्य जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ ।
बीमालेख परिपक्व भएपछि बीमाशुल्क भुक्तानी गर्नु नपर्ने र कुनै पनि समयमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई एक मुष्ठ बीमांक रकम दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यदि बीमित सय बर्षसम्म जीवित रहेमा सय बर्ष पुगेको बर्षगाँठमा निजलाई एक मुष्ठ बीमाङ्क रकम पुनः भुक्तानी गरिनेछ ।
कम्पनीका अनुसार समृद्ध जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...