ताजा समाचार

बागमतीमा तामाङ र नेपाल सरकारी कामकाजका भाषा, प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडाैँ । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ।

अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा  तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।

बागमतीमा तामाङ र नेपाल भाषा बोल्ने समुदाय छन्।

नेपाल तामाङ बोम्बो संरक्षण समाज, नेवा देय दबू यललगायत र्‍यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वसन्तपुरमा सोमबार आयोजित ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ शुभारम्भ तथा ‘भाषा दिवस कार्यक्रम २०८१’ मा सहभागी हुँदै । तस्बिर ः रत्न श्रेष्ठ / रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org