देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्।
प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन।
‘१४ महिनामा ३ पटक सरकार फेरियो। सत्तारुढ दल नै फुट्ने अवस्था आएको छ,’ जनता समाजवादी पार्टी (जसपा) विभाजनलाई लक्षित गर्दै उनले भने, ‘राजनीतिक स्थिरता नहुनु मुलुकका लागि चिन्ताको विषय हो।’
मुलुकमा स्थिरता ल्याउनका लागि गम्भीरतापूर्वक सोच्नु पर्ने अवस्था आएको उनको भनाइ थियो। संविधानको समीक्षा गरेर अन्य पार्टीहरुसँग संवाद र सहमतिमा संशोधन गरेर जानु पर्नेमा उनले जोड दिए।
‘संविधानका राम्रा पक्ष छन्। ८ वर्षको अभ्यासमा कतिपय दुर्बल पक्ष पनि देखिएका छन्। हामीले मिश्रित निर्वाचन प्रणाली अपनायौँ। देशमा स्थिरता हुनुपर्ने तर अस्थिरता रह्यो,’ उनले भने, ‘बहुमतको शासन परिकल्पना ग¥यौँ। साना साना पार्टीले नेतृत्व गर्ने अवस्थ आयो। यो निकै चिन्ताको विषय हो।’
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने उनले बताए। सरकारले नेपाली कांग्रेसले उठान गरेको माग सम्बोधन नगरेर संसदको अधिवेशन अन्त्य गरेर भागेको उनको टिप्पणी थियो।
‘प्रधानमन्त्री सहकारीको छानविन समग्रतामा गर्ने भन्नुभएको सुनियो। त्यसका लागि हामी तयार छौँ। तर सबैको छानविन गर्दा व्यक्ति लक्षित गृहमन्त्रीको छानविन नगर्नु पर्ने?,’ उनले भने, ‘रवि लामिछानेको हामीले राजीनामा मागेका छैनौँ। छानविन हुनु पर्ने मात्रै भनेका छौँ।’
बजेट अधिवेशन आह्वान भएकाले त्यसअघि नै सरकारले आफूहरुको माग सम्बोधन गरेर जानेमा उनले विश्वास व्यक्त गरे। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन पर्ने आवाज उठिरहेको उनले उल्लेख गरे। नेकपा एमालेभित्रै अहिले सत्तारुढ समिकरणप्रति असन्तुष्टि देखिएको उनको आरोप थियो।
दुवै पार्टीभित्र र जनतामा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने आवाज उठेको बताउँदै उनले तर त्यसका लागि ठोस संवाद नभएको स्पष्ट पारे।
Comments
अरु समाचार
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...
-
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...
-
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान...