ताजा समाचार

ग्यास उद्योगमा आगलागीः घाइते २ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं, ५ पुस । वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा लागेको भीषण आगो निभाउने क्रममा घाइते भएका दमकल चालक र अग्निनियन्त्रक दुई जनाको थप उपचारको लागि काठमाडौं ल्याईएको छ । वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा बिहान करिब ६ बजे लागेको भीषण आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्निनियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो ।

घाइते मध्ये महतोको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने नेपाललाई चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरेको छ। आगलागीको खबर प्राप्त भएसँगै आगो नियन्त्रणमा लिन पुगेको वीरगन्ज महानगरपालिकाको एउटा दमकल नै जल्दा दुईजना घाइते भएका थिए भने दुईजना सम्पर्कविहीन छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी) को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदैछ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वारुणयन्त्र मगाएको छ । जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराएको छ ।

http://news-nepal.com/713022-2/

http://news-nepal.com/713162/

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org