ताजा समाचार

रेष्टुरेन्टको आवरणमा बेश्यालय चलाउने पूर्व प्रहरीसहित ३ जना पक्राउ

काठमाडौं, १ माघ । प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक जना पक्राउ परेका छन् । कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

कालिमाटी नजिकै रहेको काठमाडौं इन्जिनियरीड कलेज अगाडि उनले भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट चलाउदै आएका थिए। पक्राउ परेका विक पूर्व प्रहरी हुन्। जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org