एनसेललाई कर नतिराउन अर्थमन्त्री सक्रिय, यसरी गुम्दैछ राज्यकोषको ६५ अर्व
काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर प्रकरण नयाँ मोडमा पुगेको छ । लाभकर तिरेको खण्डमा मात्र लाभांश वापतको रकम विदेश पठाउन एनसेललाई राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार एनसेलको ८० प्रतिशत सेयर विक्रेता कम्पनी टेलियासोनेरा र खरिदकर्ता एक्जिएटाबीचकोे विवादका कारण एनसेलले लाभकर वापतको ६५ अर्व रकम सरकारले असुल्न सकेको छैन । तर, एकले अर्कोलाई मात्र दोष दिएर पन्छन नमिल्ने भन्दै राष्ट्र बैंकका अधिकारीहरुले कर असुल्न अर्थ मन्त्रालयलाई सुझाव दिइसकेका छन् । केही दिन अघि मात्र अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको छलफलमा एनसेल लाभकरको बारेमा कुरा उठेको थियो ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सर्वोच्च अदालतको फैसलालाई टेकेर एनसेलको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समयमा अर्थमन्त्री कार्कीलाई एनसेलका २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने भावना सिंह श्रेष्ठका श्रीमान् शतिशलाल आचार्यले बारम्बार भेट गरेपछि मन्त्री कार्कीको एनसेल मोह बढेको हो ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको लाभकर टेलियाले भुक्तानी नगरे एनसेलसँग भएको ‘क्यास’बाट तान्नु पर्नेमा राष्ट्र बैंकका अधिकारीहरुले जोड दिएपछि आचार्यको समूह अर्थमन्त्री कार्कीको शरणमा पुगेको हो ।
ठूला करदाता कार्यालयले लाभकर असुल्न १५ दिने सूचना प्रकाशित गरेपछि टेलियाले आफूले कर तिर्नुपर्ने दायित्व नभएको भन्दै स्पष्ट पारिसकेको छ । स्रोतका अनुसार मन्त्री कार्कीले आचार्य समूहबाट एनसेलको २५ अर्व लाभांश विदेश पठाउन सहज बनाइदिने नाममा करोडौं कमिसन हात पारिसकेका छन् ।
टेलियाले एनसेल छाड्दा कम्पनीसँग झण्डै १ खर्ब रुपैयाँ नगद थियो ।
त्यसैगरी एनसेलले लाभांश घोषणा गरेको तर टेलियामा ‘क्यास रिप्याट्रिएशन (भुक्तानी)’ नभएको केही नगद पनि रहेको एनसेल स्रोत बताउँछ । यो दुवै रकम टेलियाको भएको हुँदा त्यही नगदबाट सरकारले होल्ड गरेर आफ्नो खातामा खिच्न सक्ने सुझाव विज्ञहरुको ठूला करदाता कार्यालयलाई दिंदा समेत ठूला करदाता कार्यालयले एक्जिएटाको बारेमा केही पनि नबोली टेलियालाई मात्र पत्राचार गरेको छ ।
नेपालबाट बाहिरिएर आफुले कर तिर्नु पर्ने दायित्व नभएको बताउँदै आएको टेलिया कम्पनीको स्विडेन स्थित मुख्यालयको नाममा कर कार्यालयले सूचना जारी गरेपनि टेलियाले कर नतिर्ने र दायित्व पनि नभएको जवाफ पठाउँदा समेत सरकारले कुनै ‘एक्सन’ लिन सकेको छैन ।
एनसेलले कर तिर्नुपर्ने विषयमा सार्वजनिक तहबाट व्यापक विरोध र महालेखा परीक्षकको कार्यालयले बेरुजु अंकित गरेपछि पनि एनसेलले सहजै कर तिर्ने तत्परता देखाएको छैन । अर्थमन्त्री कार्की भने सर्वोच्चको आदेशलाई देखाएर एनसेललाई राहत दिई राष्ट्रलाई ६५ अर्व नोक्सान पु-याउने खेलमा लागेका छन् ।
-यूनाइटेड पोस्ट
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












