प्रदेश २, ३ , ४ र ५ काे शपथ सकियो
काठमाडौं । अधिकाँश प्रदेश प्रमुखहरुले पदभार ग्रहणसँगै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । प्रदेश नम्बर २, ३, ४ र ५ काे शपथ सकिएको छ । प्रदेश ४ मा पनि मनाङ ख बाट प्रदेशसभामा निर्वाचित भएका दीपक मनाङी भनिने राजीव गुरुङ र रामबहादुर गुरुङ बाहेक अन्य सदस्यहरुको सपथ ग्रहण भएको छ ।
प्रदेश नम्बर ७ का प्रमुख मोहनराम मल्ल शपथको लागि धनगढी जान हवाई जहान नभएपछि गाडीबाटै गएका छन् । प्रदेशप्रमुख मल्ल आइतवार दिउँसो मात्र शपथ ग्रहणस्थल पुगेका छन् । प्रमुख मल्ल नै ढिलो पुगेपछि त्यहाँको सपथ कार्यक्रम बेलुका ७ बजे मात्र हुने भएको छ ।
भाषा विवादले केही बेर रोकिएको प्रदेश नम्बर २ को सपथ पुन भएकाे छ । प्रदेशसभा सदस्प्रयहरूले नेपाली र हिन्दी सहित ४ भाषामा सपथ लिएका छन् । प्रदेश नम्बर १ मा शपथ भइरहेकाे छ ।
प्रदेश नम्बर ६ को प्रमुख दुर्गाकेशर खनालले आईतबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको सपथ ग्रहण लिइसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आएका खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि खनालले प्रदेश सांसदहरुलाई शपथ खुवाउने जिल्ला समन्वय समितिको हलमा कार्यक्रम तोकेको पत्रमा हस्ताक्षर गरेका थिए । पत्रकारसंग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख खनालले प्रदेश ६ को विकासका लागि आफू कटिवद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे ।
प्रदेशप्रमुख खनालले आजै प्रदेश सांसदहरुलाई सपथ खुवाउने कार्यतालिका छन । जिल्ला समन्वय समितिको हलमा आज दिउसो १ बजे प्रदेश ६ का ४० जना संसदले सपथ खादैछन् । एकैपटक ४० जनालाई शपथ खुवाउन नमिल्ने प्रावधान भएकाले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सदस्यलाई प्रदेश प्रमुख खनालले सपथ खुवाउने छन् । प्रदेश ६ का जेष्ठ प्रदेश सभा सदस्यहरुमध्ये हिमबहादुर शाहीले पहिले सपथ ग्रहण गर्नेछन् । ६८ वर्षिय शाहीलाई शुरूमा प्रदेश प्रमुख खनालले शुरूमा शपथ खुवाउने छन् । नेपाली काँग्रेस दैलखबाट समानुपातिक सांसद बनेका शाहीले सपथ खाएपछि प्रदेशका ३९ जना अन्य सांसदहरूलाई शपथ खुवाउने प्रशासक प्रधानले बताए ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












