ताजा समाचार

प्रदेश २, ३ , ४ र ५ काे शपथ सकियो

काठमाडौं । अधिकाँश प्रदेश प्रमुखहरुले पदभार ग्रहणसँगै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । प्रदेश नम्बर २, ३, ४ र ५ काे शपथ  सकिएको छ । प्रदेश  ४ मा पनि मनाङ ख बाट प्रदेशसभामा निर्वाचित भएका दीपक मनाङी भनिने राजीव गुरुङ र रामबहादुर गुरुङ बाहेक अन्य सदस्यहरुको सपथ ग्रहण भएको छ ।

प्रदेश नम्बर ७ का प्रमुख मोहनराम मल्ल शपथको लागि धनगढी जान हवाई जहान नभएपछि गाडीबाटै गएका छन् । प्रदेशप्रमुख मल्ल आइतवार दिउँसो मात्र शपथ ग्रहणस्थल पुगेका छन् । प्रमुख मल्ल नै ढिलो पुगेपछि त्यहाँको सपथ कार्यक्रम बेलुका ७ बजे मात्र हुने भएको छ ।

भाषा विवादले केही बेर रोकिएको प्रदेश नम्बर २ को सपथ पुन भएकाे छ  ।  प्रदेशसभा सदस्प्रयहरूले नेपाली र  हिन्दी सहित ४ भाषामा सपथ लिएका छन् । प्रदेश नम्बर १ मा शपथ भइरहेकाे छ ।

प्रदेश नम्बर ६ को प्रमुख दुर्गाकेशर खनालले आईतबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको सपथ ग्रहण लिइसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आएका खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि खनालले प्रदेश सांसदहरुलाई शपथ खुवाउने जिल्ला समन्वय समितिको हलमा कार्यक्रम तोकेको पत्रमा हस्ताक्षर गरेका थिए । पत्रकारसंग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख खनालले प्रदेश ६ को विकासका लागि आफू कटिवद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे ।

प्रदेशप्रमुख खनालले आजै प्रदेश सांसदहरुलाई सपथ खुवाउने कार्यतालिका छन । जिल्ला समन्वय समितिको हलमा आज दिउसो १ बजे प्रदेश ६ का ४० जना संसदले सपथ खादैछन् । एकैपटक ४० जनालाई शपथ खुवाउन नमिल्ने प्रावधान भएकाले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सदस्यलाई प्रदेश प्रमुख खनालले सपथ खुवाउने छन् । प्रदेश ६ का जेष्ठ प्रदेश सभा सदस्यहरुमध्ये हिमबहादुर शाहीले पहिले सपथ ग्रहण गर्नेछन् । ६८ वर्षिय शाहीलाई शुरूमा प्रदेश प्रमुख खनालले शुरूमा शपथ खुवाउने छन् । नेपाली काँग्रेस दैलखबाट समानुपातिक सांसद बनेका शाहीले सपथ खाएपछि प्रदेशका ३९ जना अन्य सांसदहरूलाई शपथ खुवाउने प्रशासक प्रधानले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org