ताजा समाचार

नेकपा एमाले र माओवादी एकता संयोजन समितिको बैठक सम्पन्न !

काठमाडौं । नेकपा एमाले र माओवादी एकता संयोजन समितिको बैठक  सकिएको छ। बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार निर्माणको लागि गठित कार्यदलले पेश गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले तय गरेको साझा घोषणापत्र बारे बृहत छलफल गर्दै त्यसमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल बनाउने निर्णय गरेको छ ।

बैठकले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनको लागि वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय समेत गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org