ताजा समाचार

सिलवालमाथि सरकारले ज्यादति गर्यो- एमाले

काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य नवराज सिलवालमाथि सरकारबाट ज्यादति भएको ठहर गरेको छ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सिलवाललाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि एमाले सरकारप्रति आक्रोसित बनेको छ ।

इन्टरपोलले सिलवाललाई पक्राउ गर्न सोमबार डिफ्युजन नोटिस जारी गरेको हो । नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य सिलवाललाई पक्राउ गर्न सरकारले विभिन्न प्रक्रिया अपनाउन थालेपछि एमाले स्थायी समिति बैठकमा सोमबार यस बारेमा छलफल भएको थियो । एमाले सचिव योगेश भट्टराईले सिलवालप्रति सरकार पूर्वाग्रही भएर लागेको बताएका छन् । उहाँलाई समात्नकै लागि अहिले जसरी इन्टरपोल लगाइएको छ, त्यसबाट सरकारले निर्वाचित जनप्रतिनिधिको अपमान गरेको छ, सचिव भट्टराईले बैठककै क्रममा सञ्चारकर्मीहरुसँग भने, लामो समय प्रहरी सेवामा रहेर उच्च तहमा पुगेको व्यक्ति भएकोले उहाँलाई कानुन बारेमा राम्रै ज्ञान छ, त्यस्तो व्यक्ति सामान्य मुद्धा पर्दैमा भाग्दैन । पक्राउ गर्नका लागि इन्टरपोल लगाउनु पर्दैन ।

सचिव भट्राईले स्थायी समिति बैठकले राष्टियसभाको उम्मेदवार टुंग्याउने बताए । राष्टियसभामा वामगठबन्धनको भागमा पर्ने ४३ सदस्य मध्ये एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ को भागबण्डा भएको छ । नेता भट्टराइेले पाटी एकता बारे पनि विस्तत रुपमा छलफल भएको जानकारी दिँदै केही दनमा बस्ने संयोजन समिति बैठकले एकता निश्कर्षमा पुयाउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org