सिलवालमाथि सरकारले ज्यादति गर्यो- एमाले
काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य नवराज सिलवालमाथि सरकारबाट ज्यादति भएको ठहर गरेको छ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सिलवाललाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि एमाले सरकारप्रति आक्रोसित बनेको छ ।
इन्टरपोलले सिलवाललाई पक्राउ गर्न सोमबार डिफ्युजन नोटिस जारी गरेको हो । नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
प्रतिनिधिसभा सदस्य सिलवाललाई पक्राउ गर्न सरकारले विभिन्न प्रक्रिया अपनाउन थालेपछि एमाले स्थायी समिति बैठकमा सोमबार यस बारेमा छलफल भएको थियो । एमाले सचिव योगेश भट्टराईले सिलवालप्रति सरकार पूर्वाग्रही भएर लागेको बताएका छन् । उहाँलाई समात्नकै लागि अहिले जसरी इन्टरपोल लगाइएको छ, त्यसबाट सरकारले निर्वाचित जनप्रतिनिधिको अपमान गरेको छ, सचिव भट्टराईले बैठककै क्रममा सञ्चारकर्मीहरुसँग भने, लामो समय प्रहरी सेवामा रहेर उच्च तहमा पुगेको व्यक्ति भएकोले उहाँलाई कानुन बारेमा राम्रै ज्ञान छ, त्यस्तो व्यक्ति सामान्य मुद्धा पर्दैमा भाग्दैन । पक्राउ गर्नका लागि इन्टरपोल लगाउनु पर्दैन ।
सचिव भट्राईले स्थायी समिति बैठकले राष्टियसभाको उम्मेदवार टुंग्याउने बताए । राष्टियसभामा वामगठबन्धनको भागमा पर्ने ४३ सदस्य मध्ये एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ को भागबण्डा भएको छ । नेता भट्टराइेले पाटी एकता बारे पनि विस्तत रुपमा छलफल भएको जानकारी दिँदै केही दनमा बस्ने संयोजन समिति बैठकले एकता निश्कर्षमा पुयाउने बताए ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












