ताजा समाचार

जाँदाजाँदै देउवाको अर्को निर्णय, दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता

काठमाडौं, १४ माघ । अब दलित र एकल महिलाले ५५ वर्षमै सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले दलित र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको उमेरहद घटाएको हो ।

सरकारले यसअघि ६५ वर्षमै बृद्धभत्ता दिने निर्णय गरेको थियो । जसले गर्दा देशमाथि सवा खर्बको आर्थिक दायित्व थपिएको छ । काम चलाउ बनेको देउवा सरकारले जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्नमा व्यस्त रहेका हुन् ।

दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाउने निर्णय पनि वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेपनि ढिलोगरी बाहिर सार्वजनिक भएको हो ।

अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन्। सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org