ताजा समाचार

‘भूमिगत’ नवराज सिलवालको अन्तर्वार्ताः मैले प्रहरीसँगै बसेर खाना खाए, कहाँ लुके ?

काठमाडौं, १४ माघ । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्यसम्पादन गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर १ का सांसद नवराज सिलवालले आफु काठमाडौंमै रहेको संकेत दिएका छन् ।

आइतवार नेपाल साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा सिलवालले माघ ९ गते एक जना पूर्वप्रहरी अधिकारीसँगै बसेर खाना खाएको दावी समेत गरेका छन् । प्रहरीले भने उनी विदेश रहेको भन्दै डिफ्यूजन नोटिश जारी गरेको छ ।
अन्तर्वाता भेटेर वा फोनमा ल्याइएको भन्ने खुलाइएको छैन । बरु भनिएको छ, ‘नेपालको सम्पर्कमा आएका सिलवालले लामो कुराकानी गरे ।’

१. सपथ कसरी लिनुहुन्छ त अब ?
सिलवालको जवाफ छ, ‘लिइहाल्छु । जनता, प्रहरीकै माझमा छु । मेरो प्रतिरोध भनेको यो अनुसन्धानको नियतीप्रति मात्रै हो ।’

२. अनि, किन लुक्नु भएको त ?
सिलवाल भन्छन, ‘कसरी लुकेँ ? हिजो ९ माघ (उनले अन्तर्वार्ता दिएभन्दा एक दिन अगाडि) मात्रै पूर्वप्रहरी अधिकृतसँगै बसेर खाना खाएँ । यति प्रहरी पठाए, उति पठाए नाटक मञचन गर्नेले मलाई देख्न सक्दैनन ।’ उनले प्रहरीको बहुसख्यकको भरोस आफुतर्फ रहेको दावी पनि गरेका छन् ।

३. प्रहरीभित्रैबाट सूचना चुहिएर तपाईं फेला नपरेको अबस्था पो रहेछ उसो भए ?
सिलवालको जवाफ छ, ‘प्रहरीका बहुसख्यकको मप्रति भरोसा छ । ’ उनले आफ्नो मुद्दामा प्रहरीले गर्ने अनुसन्धान निष्पक्ष नहुँने दावी गरेको छन् । उनले भनेका छन्, ‘प्रहरीको नेतृत्व नै मेरो विपक्षी भएकाले उसले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय हुँदैन ।’

४. कसले गर्ने त ?
सिलवाल भन्छन, ‘अलग खालको निकायले गर्नुपर्छ । एकपक्षीय अनुसान्धान गरेर हुँदैन ।’  अन्तर्वार्तामा सिलवालले आइजीपी बनेको भए राजनीतिमा आउने अबस्थावारे आफुले नसोचेको पनि खुलाएका छन् । ‘अवकासपछि विश्वविद्यालयमा पढाउने योजना थियो । किताव लेख्छु, पढ्छु भन्ने सोच थियो । तर, परिस्थितिले राजनीतिमा हुत्यायो । आफ्नो क्षमता नयाँ प्लेटफर्ममा उपयोग गर्छु र मुलुकलाई योगदान गर्छु भन्ने मलाई विश्वास छ ।’

सिलवाले देउवाले आफुलाई मुद्दा फिर्ता लिए सुरक्षा सल्लाहकारको अफर पठाएको पनि दावी गरेका छन् । तत्कालीन प्रधानन्यायधीस सुशीला कार्की विरुद्ध महाअभियोग दर्ताका सूत्रधार देउवा रहेको सिलवालको भनाई छ । उनले देउवाले आफुमाथि प्रतिसोधको डन्डा चलाएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org