ताजा समाचार

हातमा पञ्जा लगाएर सडकमा निस्किईन् कोमल वली

दाङ, २३ माघ । राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी कोमल वली हातमा पञ्जा लगाएर
तुलसीपुरको सडकमा उत्रिएकी छन् । ‘क्लिन एण्ड ग्रीन तुलसीपुर’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रममा वली सहभागी भएकी हुन् ।

सरसफाइमा तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा अरनिको बोर्डिङका विद्यार्थीहरु सहगाभी भए । सरसफाइमा सहभागी वलीले तुलसीपुरलाई नमूना शहर बनाउनुपर्ने बताइन् । वली एमालेबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org