ताजा समाचार

कञ्चनपुरको बनदेवी मन्दिरमा जोगीहरुबीच विवाद हुँदा एक जोगीको हत्या, अर्का जोगी पक्राउ

कञ्चनपुर, २७ माघ । एक सन्यासी (जोगी) हत्या आरोपमा अर्का सन्यासी (जोगी) पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका दुई सन्यासी (जोगी) हरुबीच भएको विवादमा जोगी चन्द्र गिरीको हत्या भएको थियो । उनको हत्या गरी फरार भएका अर्का सन्यासी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

सन्यासी–सन्यनसीविच शुक्रवार विवाद हुँदा सन्यासी चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपी चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार एकाबिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिनु भयो । अन्दाजी ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा शुक्रबार साँझ ती दुई जना महात्माबीच एक आपसमा झगडा भएको थियो । हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org