ताजा समाचार

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, पाँच जनाको अवस्था गम्भीर

बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मंगलबार साँझ परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएका हुन् । तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।

गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org