ताजा समाचार

आदिवासी जनजाति तीन महिला पत्रकार पुरस्कृत

काठमाण्डौ, १२ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाण्डौ जिल्ला शाखाले सूचनाको हक र महिला पत्रकारको सुनिश्चिता नाराका साथ तीन आदिवासी जनजाति महिला पत्रकारलाई पुरस्कृत गरेको छ ।
आज अनामनगर स्थित तमू बौद्व सेवा समितिको हलमा १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा दैनिक पत्रिकाका लोगसरी कुवँर, प्रविना गोले (असक्त पत्रकार),र अनिता महर्जन (असक्त पत्रकार) रहेका छन् । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्ूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाज्यू बाट प्रदान गरिएको थियो । पुरस्कारको राशी जनही ५ हजारका साथ प्रमाणपत्र रहेको छ । काठमाण्डौ फोनिज शाखाका अध्यक्ष मिरा अमात्यले पुरस्कृतहरुलाई बधाई दिदै आगामी दिनहरुमा पनि महिला पत्रकारहरुले समाजमा रहेका सूचनाहरु विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण गरी महिलाहरुको सूचनाको हक अधिकार प्राप्त गर्ने क्षमता बढाउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै गरी प्रमुख अतिथि तिमल्सिनाले पत्रकारहरुलाई शुभकामना दिदै उहाँको पहुज रहे सम्म विभिन्न संरचानागत र नीतिगत रुपले नेपाली पत्रकारिता पेशालाई समावेशिता ढंगले लैजाने र सबैलाई सूचनाको हक अधिकार प्रदान गर्ने प्रतिबद्वा जनाउनु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org