अटोरिक्साले परिवारमा ल्याएको खुशी
भीमदत्तनगर, १६ फागुन । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उहाँको परिवारमा खुशी छाएको छ ।
दैनिक अटोरिक्सा चलाएर उहाँले दैनिक रु एक हजार दुई सयदेखि रु एक हजार चार सयसम्म आम्दानी गर्दैआउनुभएको छ ।
‘बीस वर्ष भारतमा काठ मिस्त्रीको काम गरेर घरखर्च चलाए,” उहाँले भन्नुभयो–“परिवार अलपत्र पारेर विदेशिनुभन्दा यतै रिक्सा चलाउँदा ठिक लाग्यो ।” आफूसित वनकट्टीमा भएको एक कठ्ठा जग्गाको पूर्जा सहकारीमा धितो राखेर उहाँले रु पाँच लाख ५० हजारमा अटोरिक्सा खरिद गर्नुभएको हो ।
“भारतको जागिर छाडेर यहाँ आएको तीन महिना भयो,” लुहारले भन्नुभयो–“घरमै बसेर आयआर्जन गर्दा छोराछोरीदेखि श्रीमतीसम्म खुशी छन् ।” परिवारका सदस्यलाई पनि आफू घरमा रहँदा भरोसा हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो–“शुरुका दुई वर्ष भारतमा निःशुल्क काम गरेँ ।”
रोजगारीका लागि तेस्रो मुलुक जाने सोचमा रहनुभएका लुहार महेन्द्रनगर बजारमा केही समययता सञ्चालनमा आएका अटोरिक्साले आफ्नो ध्यान तानेको बताउनुहुन्छ । दैनिक उहाँ सात किलोमिटर पार गरेर अटोरिक्सा चलाउन महेन्द्रनगर बजार पुग्नुहुन्छ । उहाँकी श्रीमती मोहनाले श्रीमान्ले स्वदेशमै मजदुरी गर्दा खुशी व्यक्त गर्नुभयो ।
“घरआँगनमै आम्दानी गर्न सकिएपछि छोराछोरी निकै खुशी छन्,” उहाँले भन्नुभयो– “बीस वर्षपछि परिवारसित सुखदुःख साँटेर बस्न पाइएको छ, अटोरिक्साले परिवारमा खुशी ल्याएको छ ।”
त्यसैगरी, स्नातक तहको अध्ययन छाडेर ई–रिक्सा चलाउँदै आएका बेदकोट नगरपालिकाका सञ्जय राना रिक्साको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । “खर्च कटाएर दैनिक रु सात÷आठ सय जोगिन्छ,” उहाँले भन्नुभयो–“कमाएको पैसाबाट रिक्साको ऋण तिर्दैछु ।” राना विगत एक वर्षदेखि ई–रिक्सा चलाउँदै आउनुभएको छ ।
पछिल्लो समय महेन्द्रनगरमा ई–रिक्सा रोजगारीको मुख्य आकर्षण बनेको छ । “पढेर पनि यहाँ रोजगारी पाउन कठिन छ,” रानाले भन्नुभयो–“ऋण काडेर भए पनि सानोतिनो व्यवसाय गर्नुको विकल्प छैन ।” उहाँले पछिल्लो समय आफूजस्तै बेरोजगार युवा रिक्सा चलाएर आम्दानी गरिरहेको बताउनुभयो ।
पुरुष मात्र होइा महिलाले समेत अटो÷ई रिक्सा चलाएर आम्दानी गर्दैआएका छन् । बरोजगार युवायुवतीका लागि ई–रिक्सा रोजगारीको भरपर्दो माध्यम बनेको छ । डेढ वर्षदेखि महेन्द्रनगरमा अटोरिक्सा चलाउँदै आउनुभएका भीमदत्तनगरपालिका–७ हल्दुखालका वीरेन्द्र भट्टले दैनिक आम्दानीबाट परिवारको खर्च चलाउँदै आएको बताउनुभयो ।
अटोरिक्सा चलाउनुअघि ठेलाको व्यापार गर्दैआउनुभएका भट्टले हाल रिक्साबाट दैनिक रु आठ सयदेखि रु एक हजार ५०० सम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो–“अटोरिक्साको कमाइले नै घरपरिवारको खर्च धानिएको छ ।” (रासस)
Comments
अरु समाचार
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...