तेह्र दिनको काजक्रिया पाँच दिनमा सिध्याउने क्रम बढ्दै
काठमाडौँ, १६ फागुन (रासस) परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ ।
फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सक्नुभयो ।
ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहनुभएका उहाँ ८८ वर्षीय पिता पनि पाँच दिनमै क्रिया सक्न सहमत हुनुभएकाले सजिलो भएको बताउनुहुन्छ । पाँच दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी हुनुभएको थियो ।
“मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ, यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानुपर्छ”– रासससँग कुरा गर्दै अध्यक्ष कार्कीले भन्नुभयो ।
उहाँ सचिव रहनुभएको कार्की समाजले सदस्यका बीच एक वर्ष छलफल गराई संस्थागत रुपमा पाँच दिनमा मृत्यु संस्कार सक्ने निर्णय गरेको छ । कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरेको कार्कीले सुनाउनुभयो । एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।
पाँच दिनमा क्रिया सक्ने पुरोहित लेखनाथ दाहाल पनि सहमत भई १३ दिनका सबै कर्म पाँच दिनमा सकिएको हो । पुरोहित दाहाल यसअघि आफूले पूर्वमन्त्री तेजबहादुर थापाको काजक्रिया पनि पाँच दिनमै सकेको बताउनुहुन्छ ।
“मैले १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको हुँ, आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेँ, पाँच दिनमा छ जनाको क्रिया कर्म सकेँ, मैले ११ हुँदा १२ महिना लगाएर क्रिया गरेको पनि देखेको थिएँ, समयसँगै मृत्युसंस्कार पनि परिवर्तन हुनुपर्छ”– उहाँले भन्नुभयो ।
यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार पाँच दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि पाँच दिनमा सकिएको थियो ।
विसं २०७२ मा संस्कार सुधार समाज स्थापना भई पाँच दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई पाँच दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको दाबी गर्नुहुन्छ ।
पाँच दिनमा काजक्रिया सक्ने पद्धति शास्त्रसम्मत नभएको भन्ने धर्मशास्त्रविद्को संख्या पनि धेरै छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम पाँच दिनमा काजक्रिया सक्ने र तीन महिनामा बच्चा जन्माऔँ भन्ने विषय उस्तै भएको बताउनुहुन्छ ।
“पाँच दिने÷तीन दिने क्रिया कर्म पद्धति शास्त्रविरुद्ध छ, मन नलाग्नेले नगरे पनि पहिले जस्तो राजदण्ड दिने, कारबाही गर्ने व्यवस्था छैन, पाँच दिने÷तीन दिने पद्धतिको अशास्त्रीय विषय ल्याउनु जरुरी छैन, ‘श्रद्धया यत् दियते तत् श्राद्धम्’ अर्थात् श्रद्धाले जे दिइन्छ, त्यही श्राद्ध हो, आत्मा शान्तिको लागि विधिवत् १३ दिनको काजक्रिया हुनुपर्छ”– उहाँले भन्नुभयो ।
काजक्रियामा दिनको विवाद आत्मवादी र अनात्मवादीबीचको बहस भएको गौतमको भनाइ छ । दाहसंस्कार शरीरको शान्तिका लागि र काजक्रिया आत्मा शान्तिका लागि गरिने शास्त्रीय वचन रहेको छ ।
संस्कार सुधार एकैपटक गर्न नसकिने संस्कृतिविद्को भनाइ छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्व प्रमुख प्रा डा वीणा पौडेल पाँच दिनमा मृत्यु संस्कार सक्ने विधि समाजले मान्न समय लाग्ने बताउनुहुन्छ ।
“मेरा पिता पत्रकार रामराज पौडेलले आफ्नो क्रिया गर्नुपर्दैन भनी लिखित रुपमै दिनुभएको थियो, तर मेरा दाजुभाइले यसलाई पचाउन सक्नुभएन, समाजले पनि पचाउने अवस्था थिएन, यसैले संस्कार परिवर्तन गर्न समय लाग्छ, आजको भोलि सम्भव छैन”– उहाँले भन्नुभयो ।
पाँच दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनमै सिध्याउने गरी छलफल शुरु गरेको छ । एक वर्ष अघि प्रतिष्ठान र राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गोष्ठीमा कार्यपत्रसमेत प्रस्तुत भएको सदस्य सचिव जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । (रासस)
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...