ताजा समाचार

तोला चढेको सिक्का धामलाई, चामल वृद्धाश्रमलाई

पोखरा, १८ फागुन ।  पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल वृद्धाश्रमलाई सहयोग गर्नुहुने भएको छ ।

पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका–२९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई प्रदान गर्न लाग्नुभएको हो ।

चौरासी वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र उहाँकी धर्मपत्नी लीलादेवी पौडेलद्वारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व गिरिधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानीट्यांकीमा निर्मित चन्द्रगिरि प्रतिक्षालयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत बिहीबार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org