चिनियाँ सामग्री भित्रिँँदै
रसुवा, २० फागुन । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् । हालसम्म तीन सयदेखि चार सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
उता केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आज बिहानैदेखि शुरु गरेको छ । लोड हुन थालेका ती सामग्रीमा कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौनालगायत रहेको बताइएको छ ।
चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण कामदार बिदामा जाँदा गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा अब नियमित शुरु भएको मुसाटासपोर्टले जनाएको छ । सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । (रासस)
Comments
अरु समाचार
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...