ताजा समाचार

अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै न्यायाधीशले इजलास बहिस्कार गरे

काठमाडौं, २८ फागुन । गत साउनमै अवकाश पाइसकेका प्रधानन्ययाधीश गोपाल पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् ।

कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए इजलासमा प्रधानन्यायाधीस गोपाल पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर आफूहरुले हिजै हेरेको राणाले बताएका छन् । । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए

कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस पैरवी हुनै लाग्दा न्यायाधीश राणाले आफ्नो तर्फबाट लिखित वक्तव्य पढेर सुनाए ।  वक्तव्यमा प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश पाइसकेको दाबी गरिएको छ ।

यसरी उमेर हदका कारण अवकाश पाइसकेको प्रधान न्यायाधीशसँग बसेर आफूले मुद्दाको सुनुवाई नगर्ने भन्दै राणा इजलासबाट समेत बाहिरिएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलको प्रमाणपत्र र नागरिकतामा फरफरक उमेर भटिएको भन्दै उनी विवादमा तानिदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org