ताजा समाचार

वडाध्यक्षमाथि आक्रमण : आक्रमणपछि वडाध्यक्ष सम्पर्क विहिन

खोटाङ, १ चैत । ( दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org