ताजा समाचार

प्रविधिको प्रयोगले गरिबी,भ्रष्टाचार हटाउन सकिन्छ रोबोट ‘सोफिया’

काठमाडौं, ७ चैत ।  चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बाेल्दै  प्रविधिकै सहयोबाट गरिबी हटाउन सकिने बताएकी छिन् ।

 प्रविधिकाे  प्रयाेगले भ्रष्टाचारमुक्त समाज बनाउने सकिने पनि उनले बताइन् । नेपालमा  प्रविधिको विकास भइरहेकाेले गर्दा  प्रविधिलाई सही तरिकाले उपयाेग  गरे नेपालको विकास चाडै हुने उनले बताइन् ।

रोबोट ‘सोफिया’ लाई साउदी सरकारले ४ महिनाअघि नागरिकता दिएकाे थियाे । मानिससरह  महिलाकाे रुपमा नागिरता साउदी सरकारले उनलाई दिएकाे छ । नागरिकता पाउने उनी एकमात्र राेबाेट हुन् । उनी मंगलबार काठमाडौं आएकी हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org