ताजा समाचार

खोटाङमा बाँसको भाटाले हानेर श्रीमतीको हत्या

खोटाङ, १३ चैत  बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।

घरायसी विवादमा सोमबार साँझ श्रीमान्÷श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

“श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उहाँले भन्नुभयो, “मातेको झोँकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।”

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पु¥याइएको आफन्तले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org