ताजा समाचार

लहानमा आगलागीबाट रु तीन लाख क्षति

लहान, १३ चैत । सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ ।

बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उहाँका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिइएकाले थप दुर्घटना हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org