ताजा समाचार

प्रदेश २ काे सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकाे घेषणा गर्याे 

 

 जनकपुर,१३ चैत। प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घेषणा गरेकाे छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकाे याेजना सुरु गरेका हुन् । यो योजनामा नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ ।

हिंसा परेका महिलाहरुकाे  समस्या समधान गर्न मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने १०० दिने कार्ययोजनामा उल्लेख छ । साथै पीडित महिलाकाे समस्या सुन्न  निःशुल्क एसएमएसमार्फत आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था गर्ने बताएको छ ।

प्रदेश सरकारले शहिद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम ल्याउने समेत याेजनामा राखेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org