ताजा समाचार

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

पथरी, मोरङ, १८ चैत। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो ।

समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा रु दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो । गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।  रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org