ताजा समाचार

आगलागीबाट १५ घर  जलेर नष्ट

इटहरी, १८ चैत । सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ ।

भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो ।

अपराह्न साढे १२ बजेतिर भएको आगलागीमा परेर सो बस्तीको सम्पूर्ण घर ध्वस्त हुँदा ती सबैको अन्नपात, सुनचाँदीका गरगहना तथा अन्य महत्वपूर्ण सामग्रीसँगै भाँडावर्तन, लत्ताकपडालगायत सबै जलेर नष्ट भएका कारण बस्तीका मानिसका लागि आपत्कालीन सहयोग आवश्यक भएको प्रहरीले जनाएको छ ।

आगो विहार र सुुुनसरीको इनरुवा र इटहरीलगायत क्षेत्रबाट पुगेको वारुणयन्त्र स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको सक्रियतामा नियन्त्रण गर्ने प्रयास भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org