योजनामा परेका जिल्लाका २२ योजना अलपत्र
धनकुटा, १९ चैत । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।
धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम रु आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार शान्तिका लागि विकास कार्यक्रममा वार्षिक रकम विनियोजन गरेर क्रमशः योजना सञ्चालन हुने १२ वटा विद्यालय, छ वटा सामुदायिक भवन, तीन पार्क र एक मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको थियो । जिल्लाका विभिन्न योजनामा कूल रु तीन करोड लागत स्टिमेट गरी सञ्चालित विभिन्न क्षेत्रमा भौतिक निर्माणका कार्य गर्न गत वर्षसम्ममा रु ७९ लाख ११ हजार ५०० निकासा भई काम गरिए भए पनि यस वर्ष कुनै पनि योजनाको रकम विनियोजन नभएका कारण २२ वटा नै योजना अपूरो रहेको कार्यालय प्रमुख चौधरीको बताउनुभयो ।
शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनाअन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको काम थालनी भएसँगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ । शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना कुनै शुरुवाती चरणमा रहेका छन् भने कुनै सम्पन्न चरणमा रहेका छन् ।
अहिले शान्ति मन्त्रालयसमेत गाभिएपछि जिल्लामा सञ्चालित बहुवर्षीय अपूरा योजनाको सञ्चालनको जिम्मेवारी अब स्थानीय तहमार्फत सञ्चालन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले बताउनुभयो ।
Comments
अरु समाचार
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...