ताजा समाचार

केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि चीनसँग प्रस्ताव गर्ने खाका तयार

काठमाडाैं, १९ चैत । भाैतिक पुर्वधार तथा यातायात मन्त्रालयले  रेलमार्ग निर्माणका लागि चीनसँग प्रस्ताव गर्ने खाका तयार पारेकाे छ ।

केपी शर्मा अाेली प्रधानमन्त्री भए सँगै चीनले परराष्ट्र मन्त्रालय मार्फत केरुङ-काठमाडौं रेलको प्रस्ताव माग गरेकाे हाे ।

विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार रेल निर्माणकाे काम गर्न सकिन्छ  र याे सम्भव पनि छ । तर लगानी जुटाउने विषय महत्वपूर्ण भएकाे  बताए । उनले थपे  ‘प्राविधिक रुपले हामी तयारी अवस्थामा छौ,चीन सरकारसँग कति अनुदान माग्ने,कति ऋण लिने  र नेपालले यो  परियोजनाका लागि कति खर्च गर्ने यो विषय टुङगो लाग्न बाँकी छ,यो विषय सरकारले टुंग्याउनुपर्छ’।

रेलमार्ग परियोजनाको प्रस्तावमा नेपाल र चीनका वीच सम्झौता भएपछि सम्भाव्यता अध्ययन,विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)निर्माण लगायतका काम थाल्ने विभागले जनाएको छ। सम्झौताको पाँच बर्षमा रेलमार्ग तयार पारिने रेल विभागले जनाएको छ।यो रेलमार्ग परियोजनाका लागि ३ खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

गत कार्तिक २४ गते चाइना रेलवे एडमिनिस्ट्रेशनका उपप्रमुख झङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली आएर केरुङ-काठमाडौ हुँदै पोखराबाट लुम्विनीसम्म रेलमार्ग विकास गर्न सकिने प्रतिवेदन दिर्इसकेको छ।

चीनले करिव ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हास्सा सम्म ल्याइसकेको छ।रेलमार्गलार्इ नेपालको सीमावर्ती क्षेत्र केरुङसम्म ल्याउनका लागि चीनले काम थालिसकेको छ। रेलमार्गलार्इ काठमाडौ ल्याएर पोखरा हुँदै लुम्विनीसम्म विस्तार गर्ने सरकारको योजना  रहेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org