ताजा समाचार

राेजगारीका लागि अष्ट्रेलिया जाने आशमा ठगिनु होला नि

 

अप्रील १२ क्यानवेरा । अष्ट्रेलिया मा राेजगारीकाे अवसर भनी लेखिएका विज्ञापन र त्यसमा दिएका नम्बर या इमेल मार्फत सम्पर्क  हेरेर लाखाैं पैसा तिरेर अष्ट्रेलिया जाने तयारी गर्दै हुनुहुन्छ ? या जान चाहानुहुन्छ  ? यदि त्यसो हो भने सावधान रहनुहोस् । तपाईलाई धेरै राम्राे पैंसा कमाउने सपना देखाएर ठगहरुले फसाउलान् ।

ठगहरुले आकर्षक रोजगारीको नाममा भ्रामक  विज्ञापन तथा प्रचारप्रसार गरिरहेका छन् । तर, ठगिने भएकोले यस्ता भ्रामक विज्ञापनहरुको विश्वास नगर्न अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ । विज्ञापनकाे भरमा परेर कतिपय नेपालीहरु ठगिएकाे देखिएपछि दूतावासले सतर्क गराएको हो ।

हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org