आयातित बिरामीबाट औलोको जोखिम कायमै
रत्ननगर, चितवन, १२ वैशाख। चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै लामखुट्टेबाट बच्न आग्रह गरे ।
भरतपुर महानगरको सहकार्यमा जनस्वास्थ्य कार्यालयले आज उक्त कार्यक्रम गरेकोे हो । यो रोग मान्छेबाट मान्छेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ ।
चितवनमा गएको एक वर्षमा दुई हजार १४३ जनाको परीक्षणमा ११ जनामा औलो रोग देखिएको छ । संक्रमितमध्ये १० जना बिरामी बाहिर देशबाट रोग लागेर आएको पाइएको केसीले बताए । अघिल्लो वर्ष १६ जनामा रोग देखिएको थियो ।
एकजना मात्रै बिरामी नेपालभित्रै रोग संक्रमण भएको (स्थानीयवासी बिरामी) पाइएको उहाले बताए । रोग लाग्नुअघि एक महिनाको अवधि देशभित्रै भएको व्यक्ति स्थानीयवासी र बाहिरबाट आएकालाई रोग लागेमा आयातित भनिन्छ ।
जसमध्ये भरतपुर महानगरपालिकाका तीन जना, कालिका नगरपालिका र माडी नगरपालिकाका एक÷एक जना गरी पाँचजना चितवनका बिरामी भए पनि अरु बिरामी भने बाह्य जिल्लाबाट उपचारका लागि चितवन आएकामा रोग भेटिएको हो । विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने चितवन पछिल्लो समयमा भने सुरक्षित बन्दै गएको छ
‘एनोफ्लिज’ नामको संक्रमित लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद महतोले जोड दिए । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो भएर कम्पन हुने, पसिना आउने र थाकेको महसुस हुन्छ ।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । सन् २०१८ मा बिरामीको संख्या ९० प्रतिशत घटाउने सरकारी योजना पूरा गर्न सबै क्षेत्रबाट सक्रियता हुनुपर्ने भरतपुर महानगरपालिका उपसचिव खडानन्द अधिकारीले बताए ।
कार्यक्रमको उद्देश्यबारे महानगरका स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठले जानकारी दिए थियो ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...