प्रहरी वृत्त घेराउ
भक्तपुर, १२ वैशाख। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।
आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेको हो ।
मध्यपुरथिमिको बालकुमारीबाट शुरु भएको सयाैंको संख्यामा रहेको विरोध ¥याली, शंखधर चोक, चारदोबाटो, नेपाल–कोरियामैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो ।
प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयवासीले प्रहरी वृत्त थिमि घेराउ गर्र्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
ज्ञापनपत्र बुझाउँदै स्थानीयवासी वीरेन्द्र जयनाले नगर प्रमुख श्रेष्ठलाई प्रहरीले सुरक्षा दिन नसकेको र आक्रमणकारीको पहिचान भइसक्दा पनि पक्राउ नपर्नुले थप आशंका जन्माएको बताउनुभयो ।
स्थानीयवासीले आजै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापनपत्र बुझाउँदै तत्काल आक्रमणकारीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...