पूर्वप्रधानन्यायाधीश कार्कीको मुद्दामा एमिकस क्युरी मगाउने
काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगसम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ (अदालतको सहयोगी) मगाउने आदेश जारी गरेको छ ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले आज एमिकस क्युरी झिकाउने आदेश जारी गरेको हो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता सुनीलरञ्जन सिंहले रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा बढुवा विवादको विषयलाई लिएर संसद्मा महाअभियोगको मुद्दा दर्ता भएको थियो । सोहीविरुद्ध रिट निवेदन दर्ता गरिएको थियो ।
सो निवेदनमाथिको सुनुवाइमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश जारी गर्नुभएको थियो । सोही मुद्दामा आज एमिकस क्युरी मगाउने आदेश जारी गरेको हो । रासस
Comments
अरु समाचार
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’: सचिव टङ्कलाल घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको बताएका छन् ।...
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
काठमाडौं । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने...
-
कोशी प्रदेश सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...