ताजा समाचार

पक्राउ परेकालाई छुटाउन स्थानीयले प्रहरी कार्यालय तोडफोड गरे

वीरगञ्ज, २४ वैशाख । मादक पदार्थ सेवन गरेकाे अाराेपमा पक्राउ परेका अपराधी  छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच  झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन माग गर्दै पुगेका स्थानीय तोडफोडमा उत्रिएपछि झडप भएको हाे ।

झडपमा ५ प्रहरी घाइते भएका छन् । स्थानीयले प्रहरीले प्रयोग गर्दै आएको दुईवटा मोटरसाईकल जलाउनुकाे  प्रहरी कार्यालय परिसरभित्र ताेडफाेड गरेकाे छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org