ताजा समाचार

सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै व्यवसायीले गरे सरकारसंग पाँच बुँदे सहमति

 

 

काठमाडौं, २४ वैशाख । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेर स्वागत याेग्य कार्य गरेकाे भन्दै यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

अाइतबार राति  सरकारसँग भएकाे सहमतिको ५ बुँदा सोमबार सार्वजनिक गर्दै व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।

 व्यवसायी र सरकारबीच भएकाे पाँच बुँदे सहमति यस्ता छन् :

१)  नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएकाे कदमकाे स्वागत गर्दै यातायात क्षेत्रकाे जुनसुकै प्रकारको सिन्डिकेटकाे स्वरुप अन्त्य / खारेजी गर्ने ।

२) सम्मानित सर्वाेच्च अदालतकाे रिट नं. ०७१-wo-०४४४ मा भएकाे परमादेश अनुसारकाे जाचँबुझ  अायाेग गठनकाे प्रकृया यथाशिघ्र अगाडि बढाउने ।

३) एउटा मात्र सार्वजनिक सवारी साधन भएकाे सवारी धनिले पनि सवारी सँचालन गर्न प्रचलित कानून अनुसार पाउने ।

४) यातायात व्यवसायी सँयुक्त अान्दाेलन मुल समिति,२०४७ बाट पूर्वघाेषित अान्दाेलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने ।

५) यातायात क्षेत्रलाई व्यवस्थित एवँ प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशिघ्र राय परामर्श दिने सराेकारवाला समेतकाे प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org