ताजा समाचार

कांग्रेस नेता महतको गाडीको ठक्करबाट प्याब्सनका उपाध्यक्ष राई घाइते

 

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले चलाएको गाडीको ठक्करबाट काठमाण्डौ प्याब्सनका उपाध्यक्ष एवं इडन ब्रीज एकेडेमिका प्रिन्सिपल प्रेम राई घाइते भएका छन् ।

कवि तथा गीतकार समेत रहेका राई उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा न ४ का स्थानीयबासी हुन् । हाल उनी टोखा नगरपालिका धापासी बस्दै आएका छन् ।  वैशाख २६ गते  बुधबार बिहान करीब ८:१५ बजे बासबारीमा माेटरसाईकल चलाक राईलाई द्रुत गतिमा आएको  नेता महतकाे गाडीले ठक्कर दिएको हो । ठक्करबाट सामान्य घाइते भएका राई उपचार पश्चात् घर फर्केका छन् ।

 

घाइते राई भन्छन् ‘ देशको जिम्मेवार पार्टिका नेतृत्व तहमा बसेका मन्त्री सम्म भैसकेका ब्यक्तीले आफ्नो गाडिले दुर्घटना गराइसके पछि गाडिबाट झरेर रिपोर्ट लिने घाउ चाेटपटक बारे जानकारी लिने अस्पताल पुर्याइ दिनु पर्थ्यो । तर उहाँले त्यो कार्य गर्नुको सट्टा कुनै वास्ता नगरी आफ्नो गाडी दौडाउनु भयो। सामान्य भन्दा सामान्य मानबीय सम्बेदनशिलता जिम्मीवारी बोध देखाउनु नभएकोमा म खेद प्रकट गर्दछु।  म त त्यही क्षेत्रको बासिन्दा हु जुन क्षेत्रबाट गत प्रतिनिधि सभाको चुनाबमा उम्मेद्वार हुनुभएको थियो। आफ्नो क्षेत्रको नागरिकलाई त वहाको यस्तो अपाच्य व्यवहार हुन्छ भने सारा देसबासिले वहाबाट के आसा गर्ने  ? यसबाट देश र जनता प्रती नेताहरु गैर जिम्मेवार हुँदै गएको कुरा प्रस्ट हुन्छ। वहा साच्चै जिम्मेवार नेता हो भने के गर्नु पर्छ वहालाई भन्न आवस्यक छैन वहाले बुझ्ने कुरा हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org