बाह्र वर्षमा एक्काइस बालबालिका हजार हराए
काठमाडौँ, ३० वैशाख। बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् ।
बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३÷६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् ।
केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिनुभयो । “चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ”, उनले भने। फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उहाँको भनाइ थियो ।
बाह्र वर्षमा हराएका २१ हजार ४३५ मध्ये पुरुष १० हजार ४६२ र महिला १० हजार ९७३ छन् । सोमध्ये १० हजार ७४४ फेला परेको र १० हजार ६९१ अझै बेपत्ता छन् ।
यसैगरी चालू आवमा बेवारिसे ३२६ जना फेला पारेका छन् । फेला पारिएका बेवारिसेमध्ये २०३ लाई परिवारसँग पुनर्मिलन गराइदिएको, १२१ लाई संरक्षणगृहमा राखिएको र दुई जना पुनः बालगृहबाट भागेको केन्द्रले जनाएको छ । आव २०६३÷६४ देखि २०७४÷७५ सम्म चार हजार ४९९ जना बेवारिसे अवस्थामा फेला परेका छन् । तीमध्ये दुई हजार ९८१ पुरुष र एक हजार ५१८ महिला छन् । बेवारिसे अवस्थामा फेला पारिएकामध्ये तीन हजार ४३८ लाई सम्बन्धित परिवारको जिम्मा लगाइएको र ८८३ जनालाई संरक्षणमा राखिएको छ ।
यसैगरी संरक्षणमा राखिएको अवस्थामा १२ वर्षका अवधिमा १६९ जना भागेका छन् । “परिवारको पत्ता नलागेका र घर फर्काउन सक्ने अवस्थामा नरहेकाहरुलाई संरक्षणगृहमा राखिएको हो”, प्रमुख रिजालले भने ।
केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्दले गरीबी, मानव बेचबिखन, सामाजिक मूल्यमान्यता, परिवारले बेवास्ता गर्नुलगायत कारणले हराउने गरेको जानकारी दिए । उनले हराएकाहरुलाई खोजी गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । चन्दले हराएका बालबालिकालाई चाँडो खोजी गर्नका लागि समितिले सम्बन्धित निकायलाई खबरदारी गर्ने काम गरिरहेको पनि स्पष्टि पारे ।
रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...