विद्यार्थी अभावमा विद्यालय बन्द
रुकुम, ३० वैशाख । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो ।
शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ ।
यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएका यहाँकी शिक्षिका यमुना चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बालविकास केन्द्रमा पाँचजना मात्र बालबालिका भर्ना भएका छन् । विद्यालय बन्द भएपछि उनीहरु विद्यालय आउन सकेका छैनन् ।
नगरपालिकामा वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो । वैशाख महिनाभरि विद्यार्थी भर्ना गर्न सकिने मुसिकोट नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । भर्ना अभियानसमेत प्रभावकारी नहुँदा यहाँका विद्यार्थी अन्य विद्यालयमा गएको बताइएको छ ।
यो विद्यालय २०५२ सालमा स्थापना गरिएको थियो । यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी तीन, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् ।
यहाँ नगर शिक्षा समितिले समेत अनुगमन गर्दा विद्यालय बन्द थियो । विगतमा नक्साङ्कन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा यस्तो समस्या आएको नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय सञ्चालन गर्दा नक्साङ्कन जरुरी छ । यस विद्यालयलाई समायोजन प्रक्रियामा लिने नगर शिक्षा समितिका शाखा अधिकृत खड्काको भनाइ छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...