ताजा समाचार

‘गोरे’ ले कुनै बैंकिङ कारोबार नगरी करोडौं रकम चलाएको र पैसा गन्न मेसिनसमेत राखेकाे पुष्टी

 

 

काठमाडौं,७ जेष्ठ । ३८ क्विन्टल सुन तस्करी काण्डका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ले नेपालका कुनै पनि बैंकमा खाता नखोलेको समितिको अनुसन्धानले खुलाएको छ ।

तस्करी गरि ल्याएको ३३ किलो सुन र सनम हत्याबारे छानविन गर्न  गठन गरिएको  समितिको अनुसन्धानले गोरेले कुनै बैंकिङ कारोबार नगरी करोडौं रकम चलाएको पुष्टी गरेको हो ।

गोरेले सुनको व्यापार गर्न काठमाडौं, झापालगायत ठाउँमा कार्यालय खोलेका र व्यापार हेर्न लेखापाल समेत ६ लाख खर्चेर राखेको साथै पैसा गन्न मेसिनसमेत राखेका छानविन समितिले बताएको छ।

काठमाडौंको गौरीघाटमा गोरेले केही समयअघि मात्र बियर बारदेखि रिमोट कन्ट्रोलबाट खुल्ने ढोका जडान गरिएको एक भव्य बंगला बनाएको र सो घर केही समयअघि उनले ५ करोडमा एक जग्गा कारोबारीलाई बेचेको स्रोतले जानकारी दिएको छ ।

सोह्रखुट्टे क्षेत्रमा १७ आना जग्गा बुवाका नाममा ‘गोरे’ले किनेको फेला परेको छ भने प्रतिआना ४२ लाखका दरले किनिएको सो जग्गा समितिले रोक्का गरेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org