प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन
महेन्द्रनगर, धनुषा, ८ जेठ। प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गरेका छन् ।
प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरेएको थियो । प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानून निर्माण गर्न ढिलाइ भइरहेकाले जेठ १३ गतेका लागि वर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिए ।
आगामी अधिवेशनले पहिलो अधिवेशनमा टेबुल भएका विधेयकमाथिको छलफललाई निरन्तरता दिनेछ । उक्त अवधिमा प्रदेश सरकारले पेश गरेका विभिन्न आठ वटा विधेयकमध्ये मात्र दुई वटा विधेयक पारित भएका थिए ।
प्रदेशसभा सचिवालयमा दर्ता रहेका विधेयकमा जिल्ला समन्वय समिति, नगरसभा र गाउँसभाका सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्ला, नगर र गाउँसभा बैठक सञ्चालनसम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण विधेयक र मन्त्रिपरिषद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक छन् ।
यीबाहेक अन्य सात वटा विधेयकको मस्यौदा सरकारले टुंगो लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारीले बताए ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...