चितवन, १० जेष्ठ । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस अाज विहान दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटानामा घाइतेहरुमध्ये ४ जनाकाे स्थिति गम्भिर रहेकाे छ भने अन्य सामान्य घाइते भएका छन् । घाइतेहरुकाे भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।












