फोरम सहित दुई तिहाई कटाएको नेकपाले गर्ला त संविधान संशोधन ?
काठमाडाै १४, जेष्ठ । सरकार बनेको सय दिनपछि संविधान संशोधन गर्ने सहमतिभएसँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने भएको छ ।
सरकार अव भने दुई तिहाईको अंक गणितमा बलियो बनेको छ । फोरमका १६ सांसद छन् भने नेकपाका १७४, जसले गर्दा अव सरकारको पक्षमा १९० सांसद पुग्छन् ।
२७५ सिट संख्या भएको संघीय संसद्को प्रतिनिधि सभामा दुई तिहाईका लागि १ सय ८३ संसद संख्या चाहिन्छ ।
संघीय समाजवादी फोरमले मात्रृ भाषाहरुलाई संविधानको अनुसुचिमा राख्नुपर्ने, नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागे उनलाई अंगिकृत नागरिकता दिनुपर्ने, प्रदेशको सीमासम्बन्धि आयोग गठन गर्नुपर्ने लगायतमा संविधान संशोधनको माग गर्दै आएको छ ।
फोरमका के–के छन् माग ?
–प्रदेशको सिमाना परिवर्तनको विषय भए सिमाना परिवर्तन सम्बन्धी सवै प्रदेशको प्रदेशसभाको अनुमति लिनुपर्ने ।
–आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा, थुनामा राखेका फरार रहेका, अंगभंग भएकालाई क्षतिपुर्ति अपाङग भएकालाई भरण पोशण लगायतका माग छन् ।
–नेपालमा बोलिने सवै मात्रृ भाषाहरुको सूचि तयार गरी नेपाल सरकारसँग पेश गर्ने ।
–प्रदेशको सिमाङ्कन हेरफेरसम्बन्धि संघीय आयोग गठन गर्नुपर्ने ।
–भाषा आयोगको सिफारिसमा मात्रृ भाषाहरुलाई संविधानको अनुसुचिमा समावेश गर्नुपर्ने ।
–नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेमा संघीय कानुन बमोजिम नेपालको अंगिकृत नागरिकता लिन पाउनुपर्ने ।
–प्रदेश सभा गठन नभएसम्म प्रदेशको अधिकार व्यवस्थापिका संसदले प्रयोग गर्ने ।
यसअघि आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएकाहरुको उपचार खर्च व्यहोर्ने, थुनामा रहेकाहरुलाई कानुन बनाएर छोड्ने लगायतमा सरकार लचक भएको थियो । तर, फोरमले आफ्ना मागहरु संशोधान गर्ने लिखित सहमति भएमात्रै सरकारमा सहभागि हुने अडान राख्दै आएको थियो ।
सम्बन्धित समाचार:
नेकपा र फोरमबीच दुईबुँदे सहमति, संविधान संशाेधन पक्का
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...