जीप चढ्ने इच्छा अधूरै
बझाङ १५, जेष्ठ । सेती नदीमा राखिएको काठेपुल नदीले बगाएपछि यातायात बन्द हुँदा स्थानीयवासीका इच्छा अधूरै रहेका छन् ।
दुर्गाथली र थलारा गाउँपालिकाबीच झनाना बजारनिर निर्माण गरिएको सेती नदीको काठे पुल नदीले बगाउँदा समस्या आएको छ । गाउँमा गाडी चल्दा नून, तेल, चामल र गहँु खरीदमा सस्तो हुने गरेको थियो । त्यस्तै सदरमुकाम चैनपुरदेखि अन्य ठाउँमा जान आउन सजिलो हुने गरेको थियो ।
अहिले नदीमा पानी बढेसँगै नदीमाथि बनाएको काठे पुल बगाउँदा आफूलाई निकै समस्या भएको थलारा गाउँपालिका–४ का पदम खड्काले बताए । उनले भने, “खेतमा फलेको अन्नले तीन महिना खान पुग्दैन, सधैँ खाद्य खरीद गरेर खानुपर्छ । दुई महिनाअघि खोली बजारमा चामलको मूल्य मोटो चामल ५० केजीको मूल्य रु एक हजार ८०० थियो । अहिले गाडी बन्द भएसँगै त्यसको मूल्य रु दुई हजार ३०० भएको छ । बर्खायाममा रु तीन हजारसम्म हुन्छ । धनीलाई मालामाल, गरीबलाई थाप्लोमा ऋण थपिने समय आयो, नदीमा पुल भए पुरानै भावमा चामल खान पाइन्थ्यो होला ।”
झोताको भैरव उमाविमा अध्ययनरत थलारा, खोलीकी छात्रा सरिता गुरुले जीप चल्दा २५ मिनेटमा पुग्ने गरेकामा अहिले पूरै एक घण्टाभन्दा बढी पैदल समय लाग्ने गरेको बताए । उनले भने, “झोतामा डेरा गरेर बसौँ भने एक त कोठा पाइँदैन, छोरी मान्छे एक्लै बस्न गाह्रो हुन्छ, जेठको प्रचण्ड गर्मीमा हिँडेर जानुपर्छ अध्ययन गर्न, हलमा बस्दा शीतल हुने भएकाले पढलेख गर्नुको साटो निद्रा लागेर हैरानी हुन्छ । यातायात सुविधा भएको भए यस्तो दुःख भोग्नु पर्ने थिएन । नदीमा कहिले पक्की पुल बन्छ र निर्धक्क भए विद्यालय हलमा बसेर पढ्न पाइन्छ भन्ने लागेको छ । हाम्रो मर्का कसले बुझ्ने ? गाउँपालिकाबाट काठे पुलको लागि लाखौँ रुपैया खर्च गरेको भए पनि दुई महिनामा सबै सेतीले बगाएर लग्यो ।”
दुई महिनाका लागि भए पनि गाउँपालिकाका बासिन्दालाई राहत पुग्छ भन्ने उद्देश्यले रु नौ लाख ९४ हजार ९३२ खर्च गरे सेती नदीमा काठे पुल निर्माण गरी अस्थायी रुपमा जीप यात्रु, ट्र्याक्टर सामान ओसारपसार र स्काभेटर सडक कटान गर्न मंसिरदेखि वैशाखको अन्तिमसम्म राखिएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याले बताए ।
उनले भने, “हामीलाई जनताले विकास गर्ने भनेर पठाएका हुन्, हामी जनतालाई विकास दिन्छौँ ।” काठे पुल अलि अग्लो बनाएको भए असारसम्म वारपार गर्न हुने बताइएको छ । पक्की पुल निर्माणको काम पनि तीव्र रुपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । पुल एक वर्षभित्र पूरा हुने बताइएको छ ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...