ताजा समाचार

अब सरकारी,गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले ९८ दिन सुत्केरी बिदा पाउने

 

काठमाडौैं,२१ जेठ । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले अब सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । यो खबर हामीले आजको कान्तिपुरदैनिक बाट लिएका हौ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ ।

कुनै गर्भवतिलाई उक्त विदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ , विधेयकमा छ ।

भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाईएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसुति स्याहार विदा पाउने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org