फ्राइडे रिलिजमा बुद्वि तामाङका दुई फिल्म ‘मट्टी माला’ र ‘चङ्गा’ को भिडन्त, कुन फिल्म बन्ला सफल ?
काठमाडौं २५, । फ्राइडे रिलिज अन्तरगत आज नेपाली चलचित्र ‘चङ्गा’ र ‘मट्टी माला’ रिलिज हुने भएका छन् । तर अचम्मको कुरा के छ भने यी दुबै फिल्ममा बुद्वि तामाङ नै लिड रोलमा छन् ।
आखिर किन बुद्वि तामाङकाफ दुबै फिल्म एकै दिन हलमा उतारिएको होला त ? यसले उनको छविमा कुनै असर गर्ला या नगर्ला त्यो फरक कुरा हो तर, फिल्म पण्डितका अनुसार यस्ता कुराले कलाकारको हरेक कुरालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असफलता तिर डोर्याउने काम पक्कै गर्छ ।
यस्तो अवस्थामा कुन फिल्मले व्यापारिक रुपमा राम्रो प्रदर्शन गर्ला त्यो भने केहि दिनमा थाहा हुने नै छ तर अहिले यति भन्न सकिन्छ, दुबै फिल्मलाई सफलताको कामना ।
टेके पौरखी राईको निर्देशन रहेको ‘मट्टी माला’ मा प्रियंका कार्की, बुद्धी तामाङ, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा निर्देशक राई स्वयम्ले लेखेका हुन् ।
यस्तै, आजै रिलज भएको अर्को चलचित्र ‘चङ्गा’ लाई हाँस्य कलाकार किशोर भण्डारीले निर्देशन गरेका छन् ।
‘चङ्गा’ मा बुद्धि तामाङ, रेश्मा तिमलसेना, लक्ष्मी बर्देबा, कमलमणी नेपाल लगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा पनि निर्देशक भण्डारी स्वयम्ले लेखेका हुन् ।
Comments
अरु समाचार
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...